नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा घरदैलो कार्यक्रम अन्तर्गत सोमवार पोखरा महानगरपालिका वडा नं.८ र १६ का मतदातासंग उनले पोखराको समग्र विकास निर्माणमा प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् ।
पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र खेलकूदको सहरका रुपमा विकास गर्नु अपरिहार्य भएको उल्लेख गर्दै नेत्री भट्टराईले यसका लागि तीनै तहका सरकार बीच समन्वय र सहकार्यको खाँचो औल्याईन् ।

एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियान वर्तमानको आवश्यकता भएकोमा जोड दिंदंै उनले भनिन्–‘ प्राकृतिक छटाले भरिपूर्ण पोखरालाई थप आकर्षक भौतिक पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्नेछु ।’
पोखराको बिच भागमा अवस्थित निर्वाचन क्षेत्र नं. २ को विकास निर्माण समग्र पोखराको विकासमा योगदान पुग्ने बताउँदै घरदैलोमा पुगेर मतदातासंग भट्टराईले भनिन्–‘अधिकार दिनुहोस समृद्धि र विकासको अभियानलाई पुरा गर्दछु ।’
समृद्धिको अभियानलाई सार्थक बनाउन भूमिहिनलाई जग्गाको मालिक बनाउनुको विकल्प नभएको उल्लेख गर्दै उनले एमालेले भूमिहिन सुकुम्वासी वस्तिमा आवश्यक भौतिक पूर्वाधार विकास निर्माणलाई प्राथमिकतामा राख्दै आएको स्मरण गरिन् ।
मुलुक नीति, विचार र सिद्धान्तले नै अघि बढ्ने विश्वास व्यक्त गर्दै निर्वाचनमा भएको पाँच दलीय गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने उनले ठोकुवा गरिन् । उम्मेदवार भट्टराईले सोमवार विहान पोखराको नयाँ बजारस्थित ब्रमकुमारी इश्वरीय विश्वविद्यालयमा पुगेर आशिर्वाद लिएकी थिईन् ।
घरदैलो अभियानमा निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले सुशासनयुक्त समाज निर्माणका लागि मातृशक्तिलाई जिम्मेवार बनाउन मतदातालाई आग्रह गर्दै महिला उद्यमशीलता र युवा स्वरोजगार अभिवृद्धिमा जुट्ने प्रतिवद्धता व्यक्त गरिन् । घरदैलो अभियानमा प्रदेश सभामा समानुपातिक उम्मेदवार डा. छममाया पुनको सहभागिता रहेको थियो ।
कास्की जिल्लाको उत्तरीदेखि दक्षिणी भूभाग समेटिएको ंनिर्वाचन क्षेत्र नं. २ अन्तर्गत पोखराका ४, ७, ८, ९ ११, १५, १६, १७, २०, २१ र ३३ गरि कूल ११ वडा रहेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन