पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

Parbat-accident

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।

बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप बुधबार साँझ जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो।

दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ भने अरुको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ।

जीप उकालो सडकबाट करिब १५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ