पैसा बाँड्न आएको भन्दै अन्नपूर्णबाट लखेटिए गण्डकीका अर्थमन्त्री

पैसा बाँड्न आएको भन्दै अन्नपूर्णबाट लखेटिए गण्डकीका अर्थमन्त्री

Ramji abarodh

गण्डकी प्रदेशका अर्थमन्त्री एवं गठबन्धनबाट कास्की ३ का प्रतिनिधिसभा उम्मेदवार रामजीप्रसाद बराललाई एमाले कार्यकर्ताले लखेटेका छन् ।

माओवादी नेता बराल स्थिर अवधिमा शुक्रबार साँझ साढे पाँच बजे अन्नपूर्ण गाउँपालिका–१ भीर मुनिभन्ने ठाउँमा पुगेका थिए । त्यहाँ मत माग्न पुगेको भन्दै बराल, पूर्व सांसद एवं माओवादी नेतृ दुर्गा विकलगायत माओवादी कार्यकर्तालाई एमालेका कार्यकर्ताले लखेटेका हुन् ।

एमाले अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले घरदैलो र मतदाता प्रलोभन गर्न आएकाले आफूहरूले प्रहरीलाई बुझाएको बताए । ‘उहाँले स्थानीयलाई जम्मा गरेर प्रलोभन पार्न खोज्नुभएको थियो । बजेट दिन्छु भन्नुभयो । हामीले मौन अवधिमा प्रचार गर्न हिँड्न पाइँदैन भनेर प्रहरीको जिम्मा लगायौँ,’ उनले भने ।

उम्मेदवार बरालले भने आफू आफन्त बिरामी भएकाले भेट्न गएको दाबी गरेका छन् । बराल पुगेको वस्ती अन्नपूर्णको विकट गाउँमध्ये पर्छ । उम्मेदवार बरालको गाउँ भने पोखरा–२२ पुम्दी–भुम्दी हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ