पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सोमबारदेखि परीक्षण उडान, चराहरूको चुनौती भने कायमै

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सोमबारदेखि परीक्षण उडान, चराहरूको चुनौती भने कायमै

Pokhara International-Airport

पोखरा। पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेसँगै यान्त्रिक परीक्षण उडान गरिने भएको छ।

सोमबारदेखि एरोथाइको जहाजले यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने भएको हो । जसका लागि उक्त जहाज गत आइतबार नै काठमाडौँ आइसकेको छ ।

यान्त्रिक परीक्षण उडानका कारण पोखरा विमानस्थलमा एक सतासम्म उडान प्रभावित हुने छ । नागरिक उड्डयन कार्यालय पोखराका उपप्रबन्धक विष्णुप्रसाद अधिकारीले सोमबार ५ गते देखि १२ गतेसम्म हरेक दिन बिहान १० देखि १ र २.३० देखि ५ बजेसम्म कुनै पनि किसिमको उडान तथा अवतरण नहुने जानकारी दिए ।

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।

पोखरा विमानस्थल नजिक रहेको ल्याण्डफिल साइटका कारण विमानस्थलको धावनमार्गमा गिद्ध चीललगायत चराको आवागमन बाक्लो रहँदै आएको छ। शुक्रबार विमानस्थलको पछिल्लो गतिविधिबारे रिपोर्टिंङमा गएका बेला पनि धावनमार्ग तथा विमानस्थलको टावर आसपासमा चराहरुको बाक्लो उपस्थिति देखियो। जसका कारण ल्याण्डफिल्ड साइट सारिएपनि केही समय उक्त क्षेत्रमा विचरण गर्ने चराहरुको बानीमा परिवर्तन नआएसम्म उडानकार्य लाई प्रभावित पार्ने विज्ञहरुले बताउँदै आइरहेका छन्।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको बताएका छन् ।
यता, विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानको पहिलो चरणको कार्य सकिएको छ। उक्त डाँडो हालसम्म १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ। ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ। जसमा परीक्षण उडानका लागि तत्काल १४ मिटर डाँडा कटान गरिएको हो ।

पोखरामा अन्तरराष्ट्रिय विमानस्थलका लागि चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु २२ अर्बका लागतमा निर्माण सम्पन्न हुन लागेको हो । विमानस्थलका लागि पोखरा–१४ छिनेडाँडामा विसं २०३२ मा तीन हजार एक सय रोपनी जग्गा अधिग्रहण गरिएकामा हाल तीन हजार ८९९ सय रोपनी क्षेत्रफलमा विमानस्थल बनेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको मापदण्डानुसार फोर डी मोडलमा बनेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ