तनहुँमा ८२३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

तनहुँमा ८२३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

denguee

तनहुँ । तनहुँमा असोज र कात्तिक महिनामा ८२३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेङ्गु सङ्क्रमण भएको छ।

डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ।

अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ–दश जनामा डेङ्गु पोजेटिभ देखिने गरेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ