गण्डकीका मुख्यमन्त्रीले गरे नवलपुरबाट मतदान

गण्डकीका मुख्यमन्त्रीले गरे नवलपुरबाट मतदान

krishnachandra-nepali

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरबाट मतदान गरेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुख्यमन्त्री पोखरेलले नवलपुरको गैंडाकोट–१ स्थित शमशेर मावि, जौजुवा क केन्द्रबाट मतदान गरेका हुन्।

निर्वाचन आयोगले मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ। देशैभर उत्साहका साथ मतदाताले मतदानमा भाग लिइरहेका छन्। प्रतिनिधि सभाका लागि १६५ सिटका लागि र प्रदेश सभाका लागि ३३० सिटका लागि आज प्रत्यक्ष निर्वाचन भइरहेको हो।

मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ