कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

matpatika

पोखरा । कास्कीमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।

माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ता सूर्य परियारले मतपेटिका फुटाएका हुन् ।

माछापुच्छ्रे–९ बस्ने ३२ वर्षीय परियारले आफूले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए ।

परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds