स्याङ्जा २ मा कांग्रेसले बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

स्याङ्जा २ मा कांग्रेसले बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

matpatika

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ का विभिन्न मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन दिएको छ ।

चापाकोट नगरपालिकाका–३ को दिसिङ्कोट आधारभूत विद्यालय, कमेरे–४ को राममन्दिर माध्यमिक विद्यालय दार्सिङ र ५ को जनसक्रिय माध्यमिक विद्यालय चिदीपोखरीका मतदान केन्द्रमा पुनः मतदानका लागि निवेदन दिएको जनाइएको छ ।

ती मतदान केन्द्रहरूमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले बुथ कब्जामा लिई सबै मतदाताको नाममा मतदान गरेको दावी गर्दै पुनः मतदान गराउन एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा सदस्यका डा. बुद्धिमान श्रेष्ठ र प्रदेश (ख) का प्रतिनिधि यामकान्त खनालले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ