पाेखरा । कास्कीकाे सबै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि भएका छन् । सुरूबाटै दाेस्राे स्थानमा रहेकी क्षेत्र नम्बर २ की एमाले उम्मेदवार विद्या भट्टराईले अग्रता कायम राखेपछि कास्कीमा सबै क्षेत्रमा एमाले अगाडि पुगेकाे हाे ।
पछिल्लो मत परिणाम अनुसार भट्टराई ५ हजार ५ सय ८८ ल्याएर अग्रता कायम गरेकी हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९४ मत पाएका छन् । यस्तै , तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनले २ हजार ९ सय ५४ मत पाएका छन् । घण्टी चिन्हले सुरूदेखि नै अग्रता लिएकाे थियाे ।
यस्ताे छ पछिल्लाे मत परिणामः
कास्की १:
नेकपा एमाले, मनबहादुर गुरुङ – ५,८०६
नेपाली काँग्रेस, किशोरदत्त बराल – ५,०५२
कास्की १ (ख)
नेकपा एमाले, बेदबहादुर गुरुङ – ६,०११
नेपाली काँग्रेस, दिपक गुरुङ माइला – ५,३७५
कास्की २:
नेकपा एमाले, विद्या भट्टराई ५,५८८
राष्ट्रिय स्वतन्त्र पार्टी, माधव प्रसाद कँडेल – ५,१९४
एकीकृत समाजवादी, श्रीनाथ बराल – २,९५४
कास्की २ (क):
नेकपा एमाले, भिम कार्की – ६,३९७
राप्रपा, विजय बहादुर भण्डारी – ५,०५२
माओवादी, विश्वप्रकाश लामिछाने – ३,१९६
कास्की ३:
नेकपा एमाले, दामोदार पौडेल बैरागी – ७,५२०
राष्ट्रिय स्वतन्त्र पार्टी, योगराज पौडेल – ५,८०५
माओवादी, रामजीप्रसाद बराल जीवन – ५,४३६
कास्की ३ (क) :
नेकपा एमाले, गणेशमान गुरुङ – ८,७४०
नेकपा माओवादी, दुर्गादत्त भण्डारी – ५,३९२
राप्रपा, केदारनाथ पौडेल – २,१४७
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन