कास्कीमा गणना भइरहेका सबै क्षेत्रमा नेकपा एमाले अगाडि

कास्कीमा गणना भइरहेका सबै क्षेत्रमा नेकपा एमाले अगाडि

एमाले

पाेखरा । कास्कीकाे सबै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि भएका छन् । सुरूबाटै दाेस्राे स्थानमा रहेकी क्षेत्र नम्बर २ की एमाले उम्मेदवार विद्या भट्टराईले अग्रता कायम राखेपछि कास्कीमा सबै क्षेत्रमा एमाले अगाडि पुगेकाे हाे ।

पछिल्लो मत परिणाम अनुसार भट्टराई ५ हजार ५ सय ८८ ल्याएर अग्रता कायम गरेकी हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९४ मत पाएका छन् । यस्तै , तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनले २ हजार ९ सय ५४  मत पाएका छन् । घण्टी चिन्हले सुरूदेखि नै अग्रता लिएकाे थियाे ।

यस्ताे छ पछिल्लाे मत परिणामः 

कास्की १:
नेकपा एमाले, मनबहादुर गुरुङ – ५,८०६
नेपाली काँग्रेस, किशोरदत्त बराल – ५,०५२
कास्की १ (ख)
नेकपा एमाले, बेदबहादुर गुरुङ – ६,०११
नेपाली काँग्रेस, दिपक गुरुङ माइला – ५,३७५
कास्की २:
नेकपा एमाले, विद्या भट्टराई ५,५८८
राष्ट्रिय स्वतन्त्र पार्टी, माधव प्रसाद कँडेल – ५,१९४
एकीकृत समाजवादी, श्रीनाथ बराल – २,९५४
कास्की २ (क):
नेकपा एमाले, भिम कार्की – ६,३९७
राप्रपा, विजय बहादुर भण्डारी – ५,०५२
माओवादी, विश्वप्रकाश लामिछाने – ३,१९६
कास्की ३:
नेकपा एमाले, दामोदार पौडेल बैरागी – ७,५२०
राष्ट्रिय स्वतन्त्र पार्टी, योगराज पौडेल – ५,८०५
माओवादी, रामजीप्रसाद बराल जीवन – ५,४३६
कास्की ३ (क) :
नेकपा एमाले, गणेशमान गुरुङ – ८,७४०
नेकपा माओवादी, दुर्गादत्त भण्डारी – ५,३९२
राप्रपा, केदारनाथ पौडेल – २,१४७

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ