कास्की ३ (क) मा एमालेका गणेशमान गुरुङ विजयी

कास्की ३ (क) मा एमालेका गणेशमान गुरुङ विजयी

ganeshman (1)

पोखरा । कास्की क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् ।

उनका निकटतम गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४ हजार ४०९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

एमालेका गुरुङले १२ हजार ६७४ मत प्राप्त गर्दा माओवादीका दुर्गादत्त भण्डारीले ८ हजार २६५ मत प्राप्त गरेका छन् ।

त्यस्तै हाम्रो नेपाली पार्टी लौरो चिह्नबाट खिम प्रसाद तिमिल्सिनाले २ हजार ४१३ मत प्राप्त गरे । कास्की क्षेत्र नम्बर ३ (१) मा जम्मा मतदाता संख्या ५२ हजार ८६२ रहेका थिए भने कुल २८ हजार ८४३ मत खसेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ