तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित

तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित

RamChandra Poudel

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन् ।

पौडेलले २५ हजार ३१८ मत ल्याउँदा एमालेका रानामगरले १९ हजार ९४३ मत ल्याएका छन् । यहाँ स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका छन् ।

पौडेल यहाँबाट ०४८ सालदेखि नै लगातार चुनाव लड्दै आएका छन् । २०४८ मा तनहुँ–१ बाट निर्वाचित भएका पौडेल ०५१, ०५६, ०६४ र ०७० मा समेत यहीबाट निर्वाचित भएका थिए । २०७४ मा भने उनी बामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ