नवलपरासी । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट निर्वाचित भएका छन्।
कोइराला २ हजार ८२ मतान्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाले २७ हजार १ सय २६ मत ल्याउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४४ मत प्राप्त गरे।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत प्राप्त गरेका छन्।