पोखरा । आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कास्कीमा कांग्रेस कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तर्घात गरेको आरोप लगाउँदै नाराबाजी गरेका हुन् ।
कांग्रेस कार्यकर्ताले बिहीबार साँझ केसी निवासअघि र बाँझापाटन क्षेत्रमा नाराबाजी गरेका हुन् । उनीहरुले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए ।
नेपाली कांग्रेसको झन्डा बोकेका कार्यकर्ताले बाँझपाटन सडकमा निकै बेर नाराबाजी गरेका थिए । कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै कांग्रेस कार्यकर्ताले आक्रोश पोखेका हुन् ।
नेता केसीको घर अघि कार्यकर्ताले तीब्र आक्रोशपूर्ण नाराबाजी चर्काएपछि सुरक्षाका लागि केसी निवासमा प्रहरी पुगेका छन् । कार्यकर्ताहरुले नाराबाजी गरिरहँदा घरमा नेता केसी र उनको परिवारका कुनै पनि सदस्य भने थिएनन् ।

कांग्रेस मादी गाउँपालिकाका सभापति यम गुरुङले आज दिउँसो फेसबुकमा स्टाटस लेख्दै नेता केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाईसमेत भनेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘मलाई घरमै बोलाएर १ घण्टासम्म किशोरलाई हराउनुपर्छ, जित्न दिनुहुँदैन भनेर पढाए । यसको तात्पर्य दुवै उम्मेदवार हराउनुपर्छ भन्ने हो ।’
एमालेसँग मिलेर पार्टीका प्रतिनिधि सभा उम्मेदवार तथा जिल्ला पार्टी सभापति किशोरदत्त बराल र प्रदेश सभा सदस्य उम्मेदवार दीपक गुरुङ ‘माइला’ लाई हराउन लागेको आरोप कार्यकर्ताले लगाएका छन् ।
कास्की १(२) मा एमालेका बेदबहादुर गुरुङ श्यामले कांग्रेसका माइलालाई साढे ८ सय मतान्तरले हराएका छन् । प्रतिनिधि सभातर्फको मतगणनामा कांग्रेसका किशोरदत्त बराल एमालेका मनबहादुर गुरुङभन्दा पछि छन् ।
कृष्ण केसी नेपाली कांग्रेसबाट कास्की १ को प्रतिनिधि सभा सदस्य उम्मेदवारको आकांक्षी थिए । पार्टीले बराललाई टिकट दिएको थियो । प्रदेश सभामा दीपक गुरुङ माइलाले टिकट पाए ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह