चितवनमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवनमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

accident a

चितवन । चितवनमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

गए राति भरतपुर महानगरपालिका–१ रामनगरमा एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले ठक्कर दिँदा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। शव भरतपुर अस्पतालको शवगृहमा राखिएको र अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds