तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

road-accident-1597561408

तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेका छन्।

आज शनिबार घिरिङ गाउँपालिका–१ जगौलिटार स्थित कच्ची सडक खण्डमा बनटारबाट पुटारतर्फ आउँदै गरेको लु ३९ प ५०९७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल सडकबाट ५० मिटर तल भीरमा खसेको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दरैको उपचारका क्रममा सेतीगंगा अस्पताल बेलचौतारामा मृत्यु भएको हो।

दुर्घटनामा खुमबहादुर राना र रामबहादुर कुमाल सामान्य घाइते भएका छन्।

मोटरसाइकलमा ३ जना सवार भएकाले पनि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds