स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

nirbachan_aayog 1

स्याङ्जा । निर्वाचन आयोगले स्याङ्जा–२ र बाजुरामा मतगणना गर्ने निर्णय गरेको छ। निर्णयसँगै सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई मतगणना गर्न निर्देशन दिइएको छ।

मंसिर ४ मा भएको निर्वाचनको मतगणना स्याङ्जा–२ मा अझै शुरू भएको थिएन। बाजुरामा भने केही मतदान केन्द्रमा पुनः मतदान भएको थियो।

स्याङ्जा–२ मा नेपाली कांग्रेसले बुथ कब्जा गरेको आरोप एमालेले लगाएको थियो। केही मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने एमालेले माग गरेको थियो। पुनः मतदान नभई मत गणना गर्न नहुने एमालेको अडानपछि मतगणना स्थगित भएको थियो।

बाजुरामा मंसिर ४ मा मतदानको क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको थियो। सोही दिन राती एमालेको अनेरास्ववियु र कांग्रेसका कार्यकर्ताबीचको झगडामा अर्को एकजनाको पनि मृत्यु भएको थियो।

दुबै ठाउँमा निर्वाचन आयोगले टोली बनाएर घटनाको छानबिन गरी प्रविदेन आएपछि मतगणना गर्ने निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ