स्याङ्जा । स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ।
पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार गुरुङले एमालेकी पद्मा अर्याललाई दुई हजार चार सय १८ मतले पछाडि पारेका हुन्।
शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार गुरुङले ११ हजार ९ सय २० मत पाएका छन् भने एमालेकी अर्यालले ९ हजार ५ सय २ मत ल्याएकी छन्।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन्।