पोखरा उद्योग वाणिज्य संघकाे आयोजनामा समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सुरू भएकाे छ । मंसीर २५ गतेसम्म चल्ने मेलाकाे संघका पूर्व अध्यक्षसमेत रहेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु कुमार थापाले उद्घाटन गरे ।
समारोहलाई सम्बोधन गर्दै बोल्दै मन्त्री थापाले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउन नीजि क्षेत्रका उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
‘अहिले युवाहरु दैनिक रुपमा रोजगारका लागि विदेशिएका छन्, उनले भने, ‘समृद्ध प्रदेश, युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउन निजी क्षेत्रलाई अगाडी बढाउनु आजको आवश्यकता हो ।’ थापाले पोखरा उद्योग वाणिज्य संघलाई चारैतिरबाट चुनौती थपिदै गएकाले मेला महोत्सवलाई परिवर्तन गरेर सञ्चालन गर्न सुझाव दिए ।
‘व्यापार व्यवसायलाई लक्षित गरेर सञ्चालन गर्ने मेला महोत्सवमा चुनौती थपिँदै गएको छ । मेला महोत्सव अन्य संघ–संस्थाहरुले गर्दै आएका छन् । अब यसलाई परिमार्जन गर्दै उद्योग वाणिज्य संघले प्रविधियुक्त हिसाबमा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ उनले भने ।
यसैगरी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर र निजी क्षेत्र मिलेर समृद्ध पोखराको यात्रामा जुट्नुपर्ने बताए । ‘पोखराको मात्र नभएर समग्र कास्कीको विकासको लागि निजि क्षेत्रसँगको साझेदारी अनिवार्य छ । त्यसैले निजि क्षेत्र र महानगरको समन्वय हुन आवश्यक छ ।’ उनले भने ।
प्रमुख आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको पूर्वसर्त ल्याण्डफिल्ड साइट रहेको बताउदै ल्याण्डफिल्ड साइट स्थानान्तरणका लागि निजी क्षेत्र, राजनीतिक दल, स्थानीयले समन्वय गर्न आग्रह गरे । ‘पुष १७ ( जनवरी १ तारिख) देखि विमानस्थल सञ्चालन गर्ने तयारी छ, उनले भने, ‘विमानस्थल सञ्चालन गर्न प्रयोग गरिरहको ल्याण्डफिल्ड साइट बन्द गर्दै छौं । २० गते देखि फोहोरलाई वर्गिकरण गरेर उठाउने तयारी हुँदैछ । फोहोर कहाँ फाल्ने अहिले नै घोषणा गरेका छैनौँ । त्यसैले ल्याण्डफिल्ड साइट स्थानान्तरण गर्न निजी क्षेत्र, राजनीतिक दल र स्थानीयको समन्वय हुन आवश्यक छ ।’
आजदेखि सुरु भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर २५ गतेसम्म सञ्चालन हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उनका अनुसार मेलामा २५० व्यापारिक स्थलहरु निर्माण गरिएको छ । साथै, रमाइलो मेला, बालउद्यान मेलादेखि राष्ट्रिय कलकारहरुको सांगितीक कार्यक्रमलाई समावेश गरिएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, आनन्दराज मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव कोइराला लगायतले बोलेका थिए । कार्यक्रमकाे सञ्चालन महासचिव बलराम आचार्यले गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह