स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्।
उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गरेका हुन्।
गुरुङले ३१ हजार ४ सय ६६ मत पाएका छन् भने अर्यालले २५ हजार ८ सय ३९ मत पाइन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाए।
यस निर्वाचन क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो।