कोलपाटन आमा समूहद्वारा सिद्ध माविलाई रकम हस्तान्तरण

कोलपाटन आमा समूहद्वारा सिद्ध माविलाई रकम हस्तान्तरण

20221205_121827

पोखरा । कोलपाटन आमा समूह पोखरा १५ ले श्री सिद्ध मावि अक्षयकोषमा अक्षरुपी तीस हजार एक सय पचपन्न रकम सहयोग गरेको छ ।

आमा समूहले नेपालीहरुको महान् पर्व तिहारको अवसरमा देउसी भैलो खेलेको केही रकम हस्तान्तरण गरेको समूहकी अध्यक्ष सावित्री पौडेलले बताइन् । पौडेलले आफूहरुले एकएक गरि जम्मा गरेको रकम शिक्षाको पवित्र स्थानमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आमा समूहले अर्को वर्ष पनि रकम सहयोग गरी अक्षयकोषमा रु ५० हजार पुर्याउने लक्ष्य रहेको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले कोलपाटन आमा समूहलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रमा गरेको लगानी र सहयोग कहिल्यै खेर नजाने बताए । बानियाँले अक्षयकोषको स्थापनाले विद्यालयको आर्थिक पाटो मजबुत हुँदै गएकोले अब विद्यालय सुधारका लागि वडा, विद्यालय प्रशासन, स्थानीय तथा सरोकारवालाहरु मिलेर लाग्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले अक्षयकोष दाता समूहलाई धन्यवाद दिँदै सहयोग रकम विद्यालयले उचित समयमा उचित प्रयोजनका लागि प्रयोग गर्ने र अक्षयकोषको रकम सही सदुपयोग गरिने प्रतिज्ञा व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले वि.सं. २०७५ मा स्थापित अक्षयकोषमा हालसम्म रु ४५ लाख रकम जम्मा भएको र अक्षयकोष स्थापनाको औचित्यका बारेमा प्रष्ट पारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ