पोखरामा मेलाको ‘रोटे पिङ’ बाट खसेर चार जना घाइते

पोखरामा मेलाको ‘रोटे पिङ’ बाट खसेर चार जना घाइते

rote ping

पोखरा । पोखरामा जारी व्यापार मेलामा रहेको ‘रोटे पिङ’बाट खसेर चार जना घाइते भएका छन् ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापारिक मेलामा बाल उद्यानको ‘रोटे पिङ’ खेल्दा खसेर आइतबार साँझ चार जना घाइते भएका हुन् । एक जना बच्चासहित चार जना एउटै डब्बामा थिए । डब्बा कोल्टिएर पिङ बीचतिर आउँदा आफूहरू खसेको घाइतेको भनाइ छ ।

एक जना पिङकै फलाममा समात्दा भुईंमा खसिन् । ६ वर्षीय बालिकासहित तीन जना भुईंमा बजारिएका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकी युवतीको हड्डी भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ । अन्य दुई महिला र बच्चाको अवस्था सामान्य छ ।

घाइतेहरू पोखरा नयाँ बजारस्थित गण्डकी मेडिकल कलेज उपचाररत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ