नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

accidentt durghatana

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किएका हुन्।

घाइतेहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। उनीहरु मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बसमा ३० जना यात्रु रहेकोमा अरु सामान्य अवस्थामा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds