पोखरा । पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत शुक्रबार विभिन्न खेलका फाइनल खेलहरु भएसंगै महोत्सव समापन हुने भएको छ । शुक्रबार विहानै देखि विभिन्न खेलहरुको फाइनल खेल सकिए लगत्तै दिउँसो करिब १ः०० बजे पछि औपचारिक रुपमा पोखरा रंगशालामा उक्त खेलकुद महोत्सव समापन हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए ।
कास्की मोडनाइज एकेडेमी दोहोरो उपाधि नजिक पुगेको छ । कास्की मोडनाइज एकेडेमीको सिनियर छात्र तर्फको टीम फुटवलमा र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनलमा पुग्दै उपाधि नजिक पुगेको हो । विहिबार पहिलो सेमिफाइनलको खेलमा कास्की मोडजाइज एकेडेमीले इम्यानुएल स्कुललाई २–० को शान्दार जित निकाल्दै फाइनलमा यात्रा तय गर्यो । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर स्कुलले चिल्ड्रेन एकेडेमी स्कुललाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । फाइनल खेल शुक्रबार दिउसो हुने भएको फुटवल खेल संयोजक राजु केसीले बताए ।
त्यसै गरी जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा कास्की मोडनाइज एकेडेमी र गोर्खा बोर्डिङ स्कुल बिच शुक्रबार विहान ११ः३० बजे माछापोखरी खेल मैदानमा फाइनल खेल हुने भएको सेभेन ए साइड फुटवल प्रतियोगिता संयोजक हिमाल गुरुङले बताए । कास्की मोडनाइज एकेडेमीले नेश्नल क्रियसन स्कुललाई ३–२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनायो । अर्को खेलमा भने गोर्खा बोर्डिङले यूनिर्भसलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।
प्रतियोगितामा छात्र सिनियर फुटवल तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको थियो । मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव