पाेखरा । युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार आरजू विष्ट सल्यानी पुरस्कृत भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।
शुक्रबार आयोजित वार्षिकाेत्सव समाराहमा प्रमुख अतिथ पाेखराका मेयर धनराज आचार्य र यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले नगदसहित सम्मानपत्र, खादा, माला लगाएर सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा. सुरेश पौडेल र पत्रकार बासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् । गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । सअघि, यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।
सित्तैमा १ सय ३० शिविर सञ्चालन गरिसकेको यूआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको छ । अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक सन्दीप अर्यालले स्वागत र अर्थ निर्देशक गणेश कोइरालाले सञ्चालन गरेका थिए ।
सम्बन्धित समाचारः
युआरएल पत्रकारिता पुरस्कार हरि बास्तोलालाई
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’