‘यूआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार’ बाट आरजू सम्मानित

‘यूआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार’ बाट आरजू सम्मानित

सम्मान

पाेखरा । युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार आरजू विष्ट सल्यानी पुरस्कृत भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

शुक्रबार आयोजित वार्षिकाेत्सव समाराहमा प्रमुख अतिथ पाेखराका मेयर धनराज आचार्य र यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले नगदसहित सम्मानपत्र, खादा, माला लगाएर सम्मान गरेका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा. सुरेश पौडेल र पत्रकार बासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् । गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । सअघि, यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।

सित्तैमा १ सय ३० शिविर सञ्चालन गरिसकेको यूआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको छ । अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक सन्दीप अर्यालले स्वागत र अर्थ निर्देशक गणेश कोइरालाले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचारः

युआरएल पत्रकारिता पुरस्कार हरि बास्तोलालाई

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds