पोखरा । पोखरा महानगरपालिकामा अब पार्किङ शुल्क नलाग्ने भएको छ। पोखराका मेयर धनराज आचार्यले गत असारमा घोषणा गरेअनुसार अब पार्किङ शुल्क नलाग्ने भएको हो।
विभिन्न क्षेत्रमा पार्किङबापत् शुल्क उठाउन महानगरले निजी कम्पनीसँग गरेको ठेक्का आज मङ्गलबार सकिएकाे छ । मेयर आचार्यले यस ठेक्काको म्याद सकिएपछि पार्किङ निःशुल्क हुने गत असारमै घोषणा गरेका थिए ।
महानगरले यसअघि वि.सं २०७७ सालको मंसिर १४ गते महानगर भित्रको पार्किङ व्यवस्थापन संकलनका लागि निजी कम्पनी फेवा सावित्री जोइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्षका लागि भएको उक्त ठेक्का सम्झौतामार्फत महानगरले तीन करोड १६ लाख ७० हजार रुपैयाँ प्राप्त गरेको थियो ।
सोही सम्झौताअनुरुप कम्पनीले २०७७ सालको मंसिर २८ देखि २०७९ सालको मंसिर २७ गतेसम्म पोखराका विभिन्न क्षेत्रमा पार्किङ व्यवस्थापन भनेर शुल्क उठाउँदै आएको छ । कम्पनीले हाल प्रतिदिन पार्किङ शुल्क भनेर मोटरसाइकल र स्कुटरलाई १० रुपैयाँ उठाउँदै आएको छ ।
यसैगरी, ठूला सवारी साधनलाई प्रति घन्टा ३० रुपैयाँ उठाइएको थियो भने कम्पनीले मझौला सवारी साधनलाई मुख्य सडक क्षेत्रमा ३० रुपैयाँ प्रतिघन्टा, हलुका सवारी साधनमा २० रुपैयाँ प्रति घन्टा शुल्क उठाउँदै आएको थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’