पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले स्थानिय पालिकाहरुमा प्रदेशका एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको बताएका छन् ।
अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश आर्थिक कार्यविधि तथा विक्तिय उत्तरदायित्व नियमावली २०७९ को मस्यौदा माथि भएको छलफलमा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन्।
प्रदेशका विभिन्न मन्त्रालयहरुले जिल्ला स्थित कार्यालयहरु स्थापना गर्दै जादा प्रदेशमा आर्थिक भार बढ्ने हुँदा त्यसलाई आर्थिक रुपमा र जनतालाई सहज तथा सरल ढंगबाट सेवा प्रवाह गर्न पनि पालिकाहरुमा प्रदेशको एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको उनको भनाई थियो । संघियताको पहिलो ५ बर्षको अनुभवले अब कम्तिमा प्रदेशको अपनत्व हुने गरी हरेक कार्यविधि तथा ऐन कानून बनाउदा ख्याल गर्नुपर्ने मन्त्री बरालले बताए ।

प्रदेशमा शुसासन कायम गरी र प्रगतीको पथमा लैजानको लागि अब ५ बर्षको अनुभवबाट शिक्षा लिई प्रदेशका मुख्यमन्त्री, मन्त्री, कर्मचारीहरुले प्रदेशको आफ्नो बिषेशताको महत्व बुझि अपनत्व हुने गरी केही न केही गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । प्रदेशको आन्तरिक श्रोत बृद्धि नगरी प्रदेश हुनुको अर्थ नहुने ठानेर आफुले केही सार्थक प्रयास गरेको उनले बताए ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, अर्थ सचिव बिष्णुप्रसाद शर्मा लगायत प्रदेशका विभिन्न मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको अर्थ मन्त्रालयका कानून अधिकृत तेजेन्द्र प्रसाद ढकालले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो