तनहुँमा सडक भाँसिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँमा सडक भाँसिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

tanhun

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा सडक अवरुद्ध भएको छ ।

मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आइतबार बिहान करिब १० बजे सडक भाँसिदा पुलमा पनि असर पुगेको छ । दुई तर्फी सवारी आवागमन बन्द हुँदा सवारी साधन जाममा परेका छन्।

आहिले माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न केही समय लाग्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधनहरूले बैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ