काठमाडौ। विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। अतिरिक्त समयमा ३-३ गोलको बराबरी पछि भएको पेनाल्टीमा शुट आउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधिको रक्षा गरेको हो।
आइतबार कतारको लुसेल आइकोनिक स्टेडियममा भएको खेलको २३ अौं मिनेटमा अर्जेन्टिनाले १-० को अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र फ्रान्सका अोस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकोमा मेस्सिले बललाई जाली चुमाउन सफल भए।
यस्तै, खेलको ३५ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको लामो पासलाई सही दिशा दिँदै डि मारियाले अर्को गोल थप्न सफल भए। पहिलो हाफमै २-० गोल अन्तरले पछि परेको फ्रान्सले केही मुभ बनाएपनि गोल गर्न असफल रहयो।
खेलको ७८ औं मिनेटमा फ्रान्सले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एम्बापेले खेललाई २-१ को अवस्थामा फर्काए। भने, खेलको २ मिनेटमै आश्चर्यजनक पुनरागमन गर्दै ८१ औं मिनेटमा एम्बापेले पुनः शानदार गोल गर्दै २-२ को बराबरीमा ल्याए।
२-२ को बराबरी पछि अतिरिक्त समयमा मेसीले गोल गरेपछि अर्जेन्टिना ३-२ ले पछि पर्यो।
रोमान्चक बनेको आजको खेलमा अन्तिम अवस्थामा फ्रान्सले पाएको पेनाल्टीमा पुनः एम्बापेले गोल गर्दै ३-३ को अवस्थामा फर्काए। पेनाल्टी शुटआउटमा गएको खेलमा ४ -२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि उपाधिको रक्षा गर्न सफल बन्यो।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ