पोखरा । यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत शनिबार पोखरामा हुने १९ किलोमिटर साइकल र्यालीमा करिब एक हजार भन्दा बढी जना सहभागी हुने भएका छन्। पोखराको प्रर्दशनी केन्द्रबाट बिहान करिब ७ः३० बजे सुरु हुने उक्त र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, नवलपुर लगायतबाट एक हजार भन्दा बढी सहभागि हुने भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए ।
पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टि, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुडिखेल, हरिचोक मिरुवा, भद्रकालि स्कुल, वडा कार्यालय १३, कुडंर ३२ कि.मी. अमरसिंहचोक कालिकाचोक, गौडामुख, बुद्धचोक, पृथ्बीचोक हुदै प्रर्दशनी केन्द्रमा पुगेर समापन हुने भएको छ ।
उक्त कार्यक्रमको शुभारम्भ भने पोखराका मेयर धनराज आचार्यले गर्ने तय गरिएको छ । त्यसै गरी कार्यक्रममा महजोडी हाँस्यकलाकार मदन कृष्ण, हरिवंश लगायतकाको सहभागिता हुने भएको संयोजक गोङ्गजुले बताए । शनिबार नै प्रर्दशनी केन्द्रमा बिहानै देखि रक्तदान कार्यक्रम समेत संचालन हुने भएको छ भने सांगितिक कार्यक्रम समेत रहेको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए ।
यसैबिच, विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सम्पन्न भएको छ । टुर दी पोखरा अन्र्तगत फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी विहिबार बागलुङ देखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए ।

उक्त र्यालीमा १० बर्षका लुकास भट्टराई देखि ७३ बर्षका तिर्थ श्रेष्ठ सहित करिब एक सय भन्दा बढी साइक्लिटहरुको सहभागिता रहेको उनले बताए । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको संयोजक गोङ्गजुले जनाए ।
यसैबिच उक्त साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गरे । कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्ता कार्यक्रमले खेल पर्यटनको प्रबद्र्धन हुने दाबी गरे । उद्घाटन सत्रमा नेपाल आयल निगमका निर्देशक विनि श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल लगायतको सहभागिता रहेको थियो । बागलुङ मन्दिरका पण्डितबाट टिका र प्रसाद ग्रहण गरी निस्केको उक्त र्यालीले बागलुङ बजार, कुस्मा बजार हुदै विन्ध्यवासिनी मन्दिरमा पुगेर टुंगिएको थियो ।
विन्ध्यवासिनी मन्दिरमा मुल पण्डितले र्यालीमा सहभागिहरुलाई टिका र प्रसाद प्रदान गरेका थिए भने स्थानिय आमा समुह सहितको टोलीले पोखरामा स्वागत गरेका थिए । कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागीे भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताए । कम्तिमा पनि एक दिन भए पनि साइकल चढेर पेट्रोलियम पदार्थको खपत घटाउने अभियान आफुहरुले सुरु गर्ने उनले जनाए ।
टुर दी पोखराको पूर्व सन्ध्यामा पोखरामा बुधबार पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो