नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको बैठकले खगराज अधिकारीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।
एमाले गण्डकी प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकमा अधिकारी दलका नेता चयन भएका हुन्। संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन्।
पार्टी अध्यक्ष के.पी शर्मा ओलीका निकटस्थ अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी निर्वाचनमा पार्टीले टिकट दिएको थियो। यसैलाई व्यवस्थापन गर्न यसअघि प्रदेशको मुख्यमन्त्री बनिसकेका पृथ्वीसुब्बा गुरुङ प्रदेश छाडेर प्रतिनिधिसभा सदस्य पदमा लडेका हुन्।
पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पदमा अर्यालको उपस्थितिमा बसेको बैठकले राष्ट्रिय राजनीति अनुकूल पार्टीको छलफलअनुसार नै खगराजको एकल उम्मेदवार परेका एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले बताए। संसदीय दलको आइतबार बसेको बैठकले कास्की १ (क) बाट निर्वाचित पार्टी सङ्गठन विभाग प्रमुख समेत रहेका अधिकारीलाई संसदीय दलको नेतामा चयन गरेको हो।
केन्द्रीय राजनीतिमा एकाएक आएको परिवर्तनले नेपाली काँग्रेसले मुख्यमन्त्री पाउने सम्भावना देखिएका ठाउँमा अब एमाले र माओवादी मिलेर सरकार बनाउने अवस्था आउन सक्छ। एमाले र माओवादीबीच सङ्घीय मन्त्रालयहरूकै टुङ्गो नलागिसकेको अवस्थामा प्रदेश बाँडफाँडको बारेमा त कुरा आएको छैन।
एमालेले पाउने अवस्थामा आए अधिकारी मुख्यमन्त्री बन्नका लागि बाटो खुला भएको छ।
६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ। एमाले र माओवादी मिलेसँगै प्रदेशमा ३० सांसद भएका छन्। राप्रपा पनि नयाँ गठबन्धनमा सहभागी भएपछि प्रदेशमा सांसदको सङ्ख्या ३२ पुग्छ। जुन सरकार बनाउन आवश्यक संख्याभन्दा बढी हो।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो