पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सम्पन्न १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ मा प्रतिभा मावि च्याम्पियन बनेकाे छ ।
पोखरा रंगशालामा गत पुष ६ गतेबाट सुरु भएको १५ औं हिसान कास्की स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको हो । यस अघि लगातार पाँच पटकसम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो ।
प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयहरुको सहभागिता रहेको स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्रतियोगितामा प्रतिभाले प्लस टु बास्केटबलमा छात्रातर्फ प्रथम, छात्र बास्केटबल तर्फ तेश्रो, भलिबल छात्रतर्फ चौथो हुँदै सर्वाधिक ११ अंकका साथ रनिङ ट्रफी जित्न सफल भएको हो ।

१५ औं हिसान स्पोर्टस मिट प्लस टुतर्फ छात्रा भलिबलमा हिल पोइन्ट मावि पहिलो भएको छ । सम्पन्न फाइनल खेलमा हिल पोइन्टले गुरुकुल माविलाई २५–१५ र २५–१८ ले पराजित गर्दै पहिलो हुन सफल भएको हो । त्यसै गरी पश्चिमाञ्चलले केफलाई २५–२१ र २५–२२ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ ।
प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सी पहिलो भएको छ । स्पाइरलले युनिभर्सलाई फाइनलमा पराजित गर्दै पहिलो भएको हो भने प्रतियोगितामा केफ मावि तेश्रो भएको भलिबलका संयोजक किरण सापकोटाले जनाएका छन् ।
प्रतियोगितामा प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका मदन छन्त्याल उत्कृष्ट हुन सफल भए भने छात्रातर्फ हिल पोइन्टकी सोयाङ थापा मगर उत्कृष्ट भइन् । छात्र भलिबलमा उत्कृष्ट स्पाइकर स्पाइरलका शक्ती पुन मगर र छात्रातर्फ हिल पोइन्टकी वर्षा थापा उत्कृष्ट स्पाइकर भइन् ।
विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रतियोगिताका संयोजक डा.रामजी शर्मा, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल लगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धाहरु सम्पन्न भएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहेको थियो भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहेको संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो ।
यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ टेबुल टेनिसतर्फ ३४–३४ विद्यालयहरुको सहभागिता रहेको थियो । हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च भएको आयोजकले जनाएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए भने करिव ३ हजार ५ सय खेलाडीहरु प्रत्यक्ष रुपमा विभिन्न ४ खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ९ बटा विश्वविद्यालयहरुको सहभागिता संगै स्पोर्टस मिटमा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले स्पोर्टस मिट अवलोकन गरेको प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो