पोखरा । दोश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ बर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणा सहित सम्मान गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विक्रम सम्वत १९७५ मा जन्मनु भई पोखरा २१ मा मजदुरी गर्दै १४ बर्ष अघि पोखरा बृद्धाश्रममा वस्दै आउनु भएका दाहाललाई आश्रममा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो ।
पोखरा महानगर सामाजिक विकास महाशाखाको आयोजना एवम पोखरा २१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा उनलाई सामाजिक समिति संयोजक एवम् पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले ११ हजार रुपैया नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन्।
“हामी सबैको सरोकार जेष्ठनागरिकको अधिकार” भन्ने नाराका साथ आयोजित कार्यक्रममा उनले २०५१ सालमा तत्कालिन सरकारले सामाजिक सुरक्षा भत्ता शुरु गरेको दिनलाई आधार मानेर गत बर्षदेखि राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको जानकारी दिए ।
पोखरा महानगरपालिकाले जेष्ठनागरिकको सुविधाका लागि ३३ वटै वडामा जेष्ठनागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडाको लागि १० लाख रुपैयाँका दरले बजेट विनियोजना गरेको बताए ।
कार्यक्रममा पोखरा २१ वडा अध्यक्ष दिपक सुवेदीले आफ्ना जन्मदाता बुबा आमाको समेत उचित सेवा पुर्याउन नसकेको हाम्रो समाजमा ४६ जना विपन्न, असहाय जेष्ठ नागरिकको पालन पोषण गरेर वृद्धाश्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमा बुवा र सेवक सेविका सहित ५५ जना रहेको बताउँदै संस्था दाताको सहयोगबाट सञ्चालन हुँदै आएको जानकारी दिए ।
उनले जेष्ठनागरिकको सिपलाई भरपुर उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रमको समेत सञ्चालन भएको बताउँदै अध्यक्ष पराजुलीले भने “उत्पादित वस्तुको प्याकेजिङ गरि बजारमा विक्री गरिने तयारी भई रहेको छ ।”
कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा प्रमुख गिता न्यौपाने, पोखरा बृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङ लगायतले जेष्ठ नागरिक दिवसको महत्वको वारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो