अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव सुरु हुँदैछ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ रेबान पोखराले विगत २३ वर्षदेखि गर्दै आएको सडक महोत्सवको २४ औं संस्करण आजदेखि सुरू हुन लागेकाे हाे ।
महाेत्सव १७ गतेसम्म पोखरा लेकसाइडको ३ किमी सडकमा महोत्सव आयोजना हुने रेबान पोखरा अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल रुपमा प्रवद्र्धन गर्न रेबानले महोत्सव गर्दै आएको छ ।
५ दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम महोत्सवमा समावेश गरिने भएको भट्टराईले बताए ।
महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवकै अवसरमा होटल संघ पोखराले २० प्रतिशत कोठामा छुट दिने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा देशका ७ वटै प्रदेशमा महोत्वसबारे प्रचारप्रसार गरिनेछ । अर्काे वर्ष रजत वर्षका अवसरमा सडक महोत्सवको छिमेकी देशसहित सार्क राष्ट्रमा प्रचार गर्ने योजना रेबानले बनाएको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह