पोखरा । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गापनियताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्वतको प्रदेश सभा २ बाट निर्वाचित ६५ वर्षीय बस्याललाई बुधबार सपथ खुवाएका हुन् ।
एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता गर्ने भएका छन् । गण्डकीका बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बिहीबार बस्यालले सपथ खुवाउने कार्यक्रम छ ।
प्रदेश प्रमुख पृथ्वीमानले १८ गते प्रदेश अधिवेशनको आह्वान गरेका छन् । प्रदेश अधिवेशनलगत्तै सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने तयारी छ । प्रथम अधिवेशनको ज्येष्ठ सदस्यका हैसियताले बस्यालले अध्यक्षता गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे)सहित ६० सांसद छन् ।
यसअघि एमाले माओवादीको संयुक्त सरकार बन्दा संसदमा सभामुख माओवादीका तर्फबाट नेत्रनाथ अधिकारी र एमालेका तर्फबाट उपसभामुख सिर्जना शर्मा बनेकी थिइन् ।
गण्डकीमा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट सरकार बन्ने देखिएको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि एमाले, माओवादी, राप्रपाको ३२ जना सांसद सत्ता पक्षमा रहने छन् । एमालेबाट खगराज अधिकारी संसदीय दलको नेता चुनिइसकेका छन् । नेपाली कांग्रेसको बुधबार निर्वाचन हुँदैछ । माओवादीले पनि तयारी गरिरहेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’