लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

accidentt durghatana

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा बोलेर जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेकी ४७ बर्सिया भिवकाशी तामाङ रहेकी छन्।

सदरमुकाम बेंसीसहरबाट भस्मे तर्फ जाँदै गरेको ग ३ च ८३६१ नम्बर बोलेर जिप भुलभुलेको उकालोमा ब्रेक फेल हुँदा जिप सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिपमा सवार १० जना मध्य ८ जना घाइते भएका छन्। घाइतेमध्य ४ जना गम्भीर रहेकोमा चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ।

मर्स्याङ्दी गाउँपालिका ८ रिङटाङका अन्दाजी २० बर्षीया उर्मिला गुरुङ, सोही ठाउँका २१ वर्षीया रिता गुरुङ, ३० वर्षीया मनमाया तामाङ, ३२ वर्षीया सीता गुरुङलाई रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, भुस्मेका १३ वर्षीय बालक राज तामाङ, १३ वर्षीय बालक हिमाल तामाङ, २८ वर्षीया काशी तामाङ र ओखलढुङ्गा खिजिबिम्बा गाउँपालिका ७ का ६३ वर्षीया कुमारी गुरुङको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिप चालक हाल फरार रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ