पोखरा । युवा स्टार खेलाडी प्रिन्स दाहाल प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेका छन्। विश्व नम्बर एक जुनियर खेलाडी समेत भएका दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रि-क्वाटर फाइनल खेलमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।
नेपाल पुलिस क्लवका दाहालसंगै पुरुष एकल तर्फको विधामा त्रिभुवन आर्मीका डेभिड थापा मगर, वुटवलका गणेश रायमाझी, कास्कीका विधान अधिकारी, पुलिसका बिष्णु कटुवाल, एपिएफका क्षितिज खनाल, आर्मीका प्रफुल महर्जन र एपिएफका बिजित थापा मगर विहिबारको खेलमा जित हासिल गर्दै क्वाटरफाइनलमा प्रबेश गरेका छन्।
त्यसै गरी महिला एकल तर्फको विधामा भोजपुरकी नङसाल तामाङ, पुलिकी निता लम्साल, आर्मीकी अनु माया राई, एपिएफकी शोभा गौचन, बिबिसीकी सिमा राजवंशी, एपिएफकी जेसिका गुरुङ, एपिएफकी सुनयना मुखिया र आर्मीकी रेशीला महर्जन क्वाटरफाइनलमा प्रबेश गरेका छन्।
पुरुष डवल ३५ बर्ष माथि उमेर समुह तर्फ कास्कीका बिशाल खड्का र आर्मीका सुरज महर्जनको जोडी क्वाटरफाइनलमा प्रबेश गरेको छ । त्यसै गरी कास्कीका सन्तोस घले/गुमानसिंह गुरुङ, कास्कीका राशेज गुरुङ/शम्भु कुमार श्रेष्ठ, चितवन र पर्वतका विधान गुरुङ/राजन गुरुङ, कास्कीका शोभाखर भण्डारी/एपिएफका धिरेन्द्र चन्द/बिशाल प्रधान, वुटवका दिलीप गौचन/पंकज ज्ञवाली र कास्कीका होम गुरुङ/पुलिसका बिष्णु कटुवाल विहिबारको खेलमा जितेसंगै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।
त्यसै गरी विहिबार १७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१७) पुरुष तर्फ प्रिक्वाटरकाका खेलहरु, १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) पुरुष तर्फ प्रिक्वाटरका खेलहरु सम्पन्न भएको छ । त्यस्तै विहिबार विभिन्न चरणका खेलहरु भएको कास्की जिल्ला व्याडमिन्टन संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए ।
प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा पोखरा रंगशालाको ४ वटा व्याडमिन्टन कोर्टमा उक्त प्रतियोगिता बुधबार देखि सुरु भएको संघका सचिव फडिन्द्र प्रसाद तिमिल्सिनाले बताए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’