तनहुँमा बस र स्कुटर ठोक्किँदा एक युवकको मृत्यु

तनहुँमा बस र स्कुटर ठोक्किँदा एक युवकको मृत्यु

road-accident-1597561408

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बस र स्कुटर एकापसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भानु नगरपालिका–१३ समजुर निवासी ३२ वर्षीय शेखमहमद रखिम मियाँ रहेका छन्।

आइतबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको प्र नं ३–०१–००६ ख ०९२४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५५४ नंको स्कुटर एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ।

बसचालक जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका–४ बस्ने ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ