पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले आफ्नै वडाका दलित महिला सदस्यलाई जातिय विभेद गरी अपमानजनक अपशब्द बाेलेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ ।
वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई “तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्” जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै एमाले पोखरा महानगर २४ वडा कमिटीले कारबाही माग गरेको छ ।
एमालेको विज्ञप्तिमा भनिएको छ, ‘एतिहासिक सामाजिक, सांस्कृतिक रुपले महत्वपूर्णको हाम्रो वडामा वडा समिति सञ्चालन गर्न क्रममा वडा अध्यक्ष भरतबहादुर अधिकारीले वडा सदस्यहरुलाई पटकपटक अमयार्दित अमानवीय, गैरकानुनी शब्दहरु प्रयोग गरेर दुव्र्यवहार गर्दै आउनुभएको विषयले हाम्रो पार्टी नेकपा एमालेको गम्भीर ध्यानकर्षण भएको । पदीय दाइत्व भुलेर गर्ने यस्तो हर्कतप्रति कारबाहीको माग गदछौं ।’
वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच दोहोरो संवाद हुँदै गर्दा अपमानजनक शब्द बोलेको विज्ञप्तिमा उल्लेख छ ।
“अध्यक्ष अधिकारीले प्रदेश र संघीय कार्यालमा गएर बजेट ल्याएर कार्यान्वय गर् । तँलाई महानगरले दिने तलब भत्ता बराबरका रकमका मानिस त मैले घरमा गरिराखेको छु । म यो रकम बराबरको रकम आफै गर्न सक्छु । तँ तलब भत्ता खान आएकी होस् घरमै बसेर खाँ’’ जस्ता अपमान जनक शब्द बोलेको गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो