बागलुङ । गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले बागलुङ जिल्लाका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीसहित ७ जिल्लाका प्रहरी प्रमुखहरु सहित १० जना प्रहरी अधिकृतलाई नगदसहित पुरस्कृत गरेको छ।
प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनेमा बागलुङ जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली सहित तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजेन्द्रबाबू रेग्मी, कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसी, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनादन जिसी रहेका छन्।
त्यस्तै, म्याग्दीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक तिलक भारती, मुस्ताङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, मनाङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रेम सागर केसी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीं, वर्डा प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक युवराज भण्डारी र ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठलाई पनि अभिलेख किताबमा जनिने गरी जनही एक हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको बताइएको छ ।
प्रदेश प्रहरी कार्यालय कास्कीका (डिआइजी) रामदत्त जोशीले पुरस्कृत भएका प्रहरी प्रमुखहरुले आफूलाई सुम्पिएको जिम्मेवारीलाई अत्यन्तै इमान्दारी, बफादार भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको पाइएको हुँदा अभिलेख किताबमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको बताए ।
प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गर्दा मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गइ कार्यसम्पादनमा अझै बढी प्रभावकारीता आउने देखिएकोले कार्यसम्पादनको कदरस्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको उनको भनाई छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो