मगर सांस्कृतिक उत्सवको अन्तिम तयारी

मगर सांस्कृतिक उत्सवको अन्तिम तयारी

324852542_1212870186248131_4662133773813862590_n

पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा हुने “मगर सांस्कृतिक उत्सव–२०७९”को तयारी अन्तिम चरणमा पुगेको छ ।

यही पुस ३० गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिइन् ।

असहाय तथा विपन्न परिवारको सहयोगार्थ आयोजित कार्यक्रममा वरिष्ठ लोकगायिका एवं अभिनेत्री कविता आलेमगर र पत्रकार रूद्रबहादुर श्रीसमगरलाई सम्मान गरिन लागेको अध्यक्ष सारूमगरले जानकारी दिइन् । त्यसैगरी, कार्यक्रममा चर्चित कलाकारहरू ज्योति मगर, कुमार पुनमगर, गीता पाइजामगर र नवीन रानामगरलगायतका कलाकारको प्रस्तुती समेत रहने भएको छ । उत्सवमा मगर जातिमा प्रचलित घाँटु, सोरठी, कौरा, सालैजोलगायतका सांस्कृतिक प्रस्तुती समेत राखिएको सचिव वसन्ती थापामगरले जानकारी दिइन् ।

सचिव थापामगरका अनुसार सो कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका मन्त्री पञ्चराम गुरुङले गर्नेछन् । कार्यक्रममा खर्च कटाएर बचत भएको रकम असहाय तथा विपन्न परिवारको सहयोगमा खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds