पोखरा। आइतबार पोखरामा भएको जहाज दुर्घटनामा हालसम्म ६८ जनाको शव फेला परेको छ। घटनामा अझ ४ जना बेपत्ता छन्।
काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरको ७२ सिटे जहाज आइतबार ११ बजे पोखरामा दुर्घटना भएको हो। जहाजमा ६८ यात्रु र चालकदलका ४ सदस्य थिए।
दुर्घटना ग्रस्त जहाजबाट फेला पारिएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ। प्रतिष्ठानका अुनसार अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको छ।
सनाखत भइसकेको शवलाई पोस्टमार्टम गरी परिवार तथा आफन्तको जिम्मा लगाइनेछ। पहिचान भएको शवको पोस्टमार्टम पोखरामा नै हुनेछ। जसका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सक झिकाइएको छ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको छ । उद्धार टोलीले आइतबार साँझसम्म ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालेको छ ।
हालसम्म सनाखत भएका व्यक्तिहरुको विवरण यस प्रकार छ।
१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्ण कुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकि गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रिता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहन प्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जिवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा सु
३० बन्दना सुनार
३१ सिता गुरुङ
३२ निरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शिवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह