तनहुँमा खुकुरी प्रहार गरी एक जनाको हत्या

तनहुँमा खुकुरी प्रहार गरी एक जनाको हत्या

Hatyaa

सांकेतिक तस्विर

तनहुँ । तनहुँमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ।

आज सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका–६ टुहुरे स्थित डुम्रे–चन्द्रवती भित्री सडकखण्डमा स्थिानीय ४९ वर्षीय सन्तबहादुर गुरूङको हत्या भएको हो ।

हत्या आरोपमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई हतियारसहित पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

हत्याको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ