आशिष पुरी, पाेखरा । यती एयरको विमान दुर्घटनामा परेर निधन भएका पत्रकार त्रिभुवन पौडेलको शव श्रद्धाञ्जलीका लागि नेपाल पत्रकार महासंघ कास्की तथा प्रदेशको प्रांगणमा राखिएको छ ।
उनलाई श्रद्धाञ्जली अर्पण गर्न सयौंका संख्यामा शुभचिन्तकहरु महासंघमा भेला भएका छन् ।
मुख्यमन्त्री खगराज अधिकारी, प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी, पत्रकारका संगठनहरू र शुभचिन्तक श्रद्धाञ्जली सभामा भेला भएका छन् ।
महासंघ प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका उनको श्रद्धाञ्जलीपश्चात् शवयात्रा गर्दै रामघाटमा अन्त्येष्टि गरिनेछ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटना परेका थिए ।
पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।
पौडेलको मृत्युले सिंगो पोखरेली पत्रकारिता स्तब्ध भएको छ ।
सम्बन्धित खबर
पोखराको लेकसाइडबाट अवैध लागु औषध र नगदसहित ४ जना पक्राउ
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने
पोखरामा सहकारी पीडित संगठित, ६ वटा सहकारीबाट पीडित भएकाहरुले बनाए संघर्ष समिति
पोखरामा चेकजाँच गर्दा प्रहरीमाथि मुक्का लात्ती हान्ने स्कुटर चालक कारबाहीमा
पोखरामा हराएको १७ लाख रुपैयाँ फेलापारी सम्बन्धित धनीलाई फिर्ता
यूनाइटेड क्लबद्वारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग