आशिष पुरी, पाेखरा । यती एयरको विमान दुर्घटनामा परेर निधन भएका पत्रकार त्रिभुवन पौडेलको शव श्रद्धाञ्जलीका लागि नेपाल पत्रकार महासंघ कास्की तथा प्रदेशको प्रांगणमा राखिएको छ ।
उनलाई श्रद्धाञ्जली अर्पण गर्न सयौंका संख्यामा शुभचिन्तकहरु महासंघमा भेला भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारी, प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी, पत्रकारका संगठनहरू र शुभचिन्तक श्रद्धाञ्जली सभामा भेला भएका छन् ।
महासंघ प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका उनको श्रद्धाञ्जलीपश्चात् शवयात्रा गर्दै रामघाटमा अन्त्येष्टि गरिनेछ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटना परेका थिए ।
पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।
पौडेलको मृत्युले सिंगो पोखरेली पत्रकारिता स्तब्ध भएको छ ।



सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)