जातिय विभेदकाे आरोप लागेका पाेखरा २४ का वडाध्यक्ष डेढ लाख धराैटीमा छुटे

जातिय विभेदकाे आरोप लागेका पाेखरा २४ का वडाध्यक्ष डेढ लाख धराैटीमा छुटे

bharat-adhakari

पोखरा । वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धराैटीमा रिहा भएका छन् ।

वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेकाे थियाे ।  १ लाख ५० हजार धराैटीमा शुक्रबार साढे ३ बजे रिहा भएकाे कास्की प्रहरीले जनाएकाे छ ।

वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् ।

फरार रहेका अधिकारी पुस २६ गते बिहान आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे थियो । घटनाबारे छानबिन गर्न अधिकारीविरुद्ध पुस २६ गते नै म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ