तनहुँ । तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
शनिबार भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको हो।
शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।