गण्डकीको ७ सदस्यीय मन्त्रिपरिषदले पायो पूर्णता, ३ मन्त्री थपिए, कसलाई कुन मन्त्रालय?

गण्डकीको ७ सदस्यीय मन्त्रिपरिषदले पायो पूर्णता, ३ मन्त्री थपिए, कसलाई कुन मन्त्रालय?

gandaki mantri (1)

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि अधिकारीले जिम्मेवारी बाँडफाँटसहित मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पुस २५ गते अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। सोही दिन एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका अधिकारीले जिम्मेवारी भने दिएका थिएनन्।

गण्डकीमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झारेका मुख्यमन्त्री अधिकारीले माओवादीलाई २ र एमालेलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय राखेका छन्। राप्रपालाई एउटा मन्त्रालय दिएका छन्।

सोही सहमति अनुसार माओवादीबाट रेशम जुग्जाली, एमालेबाट रोशन गाहा मगर र बेदबहादुुर गुरूङ ‘श्याम’ मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई प्रदेश प्रमुख गुरूङले मंगलबार साँझ सपथ खुवाए ।

मन्त्रिपरिषदले पूर्णता पाएसँगै मन्त्रीलाई जिम्मेवारी बाँडफाँट पनि गरिएकाे छ । चुमानले भौतिक पूर्वाधार विकास मन्त्रालय, जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण, राप्रपाका गुरूङले सामाजिक विकास मन्त्रालय, एमालेका रोशन गाहा मगरले आन्तरिक मामिला, बेदबहादुर गुरूङले कृषि तथा ऊर्जा र सीता सुन्दासले आर्थिक मामिला मन्त्रालय पाएका छन्।

मुख्यमन्त्री अधिकारी प्रदेशमा मन्त्रालय घटाउने निर्णय गरेर सोमबार काठमाडौं गएका थिए। काठमाडौंमा सोमबार साँझ एमाले अध्यक्ष केपी ओली र मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर पोखरा फर्किएका थिए। पोखरा फर्किएलगत्तै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुका साथै मन्त्रालय बाँडफाँट गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ