गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि अधिकारीले जिम्मेवारी बाँडफाँटसहित मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पुस २५ गते अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। सोही दिन एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका अधिकारीले जिम्मेवारी भने दिएका थिएनन्।
गण्डकीमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झारेका मुख्यमन्त्री अधिकारीले माओवादीलाई २ र एमालेलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय राखेका छन्। राप्रपालाई एउटा मन्त्रालय दिएका छन्।
सोही सहमति अनुसार माओवादीबाट रेशम जुग्जाली, एमालेबाट रोशन गाहा मगर र बेदबहादुुर गुरूङ ‘श्याम’ मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई प्रदेश प्रमुख गुरूङले मंगलबार साँझ सपथ खुवाए ।

मन्त्रिपरिषदले पूर्णता पाएसँगै मन्त्रीलाई जिम्मेवारी बाँडफाँट पनि गरिएकाे छ । चुमानले भौतिक पूर्वाधार विकास मन्त्रालय, जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण, राप्रपाका गुरूङले सामाजिक विकास मन्त्रालय, एमालेका रोशन गाहा मगरले आन्तरिक मामिला, बेदबहादुर गुरूङले कृषि तथा ऊर्जा र सीता सुन्दासले आर्थिक मामिला मन्त्रालय पाएका छन्।
मुख्यमन्त्री अधिकारी प्रदेशमा मन्त्रालय घटाउने निर्णय गरेर सोमबार काठमाडौं गएका थिए। काठमाडौंमा सोमबार साँझ एमाले अध्यक्ष केपी ओली र मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर पोखरा फर्किएका थिए। पोखरा फर्किएलगत्तै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुका साथै मन्त्रालय बाँडफाँट गरेका हुन्।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह