पोखरा। विमान दुर्घटनामा मृत्यु भएकाको १३ औँ दिनको पुण्य तिथि पारेर दुर्घटना स्थलमा श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गरिने भएको छ ।
गत माघ १ गते यति एअरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष पूजा गरिने भएको हो ।
मृतक आत्माहरूको चीर शान्तिको कामना गर्दै आगामी १३ गते शुक्रवार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा श्रद्धाञ्जली सभा पश्चात विशेष पूजा गरिने श्री शुक्लेश्वर महादर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार पुण्य तिथिको दिन पण्डितहरूका साथै बह्मकुमारीहरू बाट पूजा पाठ, दीप प्रज्वलन, स्वस्ति शान्ति गरी गीता पाठ गर्नुका साथै हवन गरी मृतक आत्माहरूको शान्तिको कामना गरिनेछ । सो अवसरमा विभिन्न धर्ममा विश्वास राख्ने जो कसैले पनि आफ्नो संस्कार अनुरूप कार्य गर्न सक्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।
उनले मृतकका परिवार, आफन्त, नागरिक समाज, राजनीतिक दल, सुरक्षाकर्मी, वायुसेवामा कार्यरत कर्मचारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत सम्पूर्ण सर्वसाधारणलाई दुर्घटना स्थलमा जम्मा भई श्रद्धाञ्जली अर्पण गर्न तथा विशेष पूजामा सहभागी हुन आग्रह गरे।
श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा आयोजनाको संयोजकमा पोखरा महानगरपालिका वडा नं –१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ छन् । भने दुर्घटनास्थल वडा नं ७ र १५ को सिमानामा पर्ने भएकाले वडा नं ७ का प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’