पोखरा। विमान दुर्घटनामा मृत्यु भएकाको १३ औँ दिनको पुण्य तिथि पारेर दुर्घटना स्थलमा श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गरिने भएको छ ।
गत माघ १ गते यति एअरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष पूजा गरिने भएको हो ।
मृतक आत्माहरूको चीर शान्तिको कामना गर्दै आगामी १३ गते शुक्रवार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा श्रद्धाञ्जली सभा पश्चात विशेष पूजा गरिने श्री शुक्लेश्वर महादर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार पुण्य तिथिको दिन पण्डितहरूका साथै बह्मकुमारीहरू बाट पूजा पाठ, दीप प्रज्वलन, स्वस्ति शान्ति गरी गीता पाठ गर्नुका साथै हवन गरी मृतक आत्माहरूको शान्तिको कामना गरिनेछ । सो अवसरमा विभिन्न धर्ममा विश्वास राख्ने जो कसैले पनि आफ्नो संस्कार अनुरूप कार्य गर्न सक्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।
उनले मृतकका परिवार, आफन्त, नागरिक समाज, राजनीतिक दल, सुरक्षाकर्मी, वायुसेवामा कार्यरत कर्मचारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत सम्पूर्ण सर्वसाधारणलाई दुर्घटना स्थलमा जम्मा भई श्रद्धाञ्जली अर्पण गर्न तथा विशेष पूजामा सहभागी हुन आग्रह गरे।
श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा आयोजनाको संयोजकमा पोखरा महानगरपालिका वडा नं –१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ छन् । भने दुर्घटनास्थल वडा नं ७ र १५ को सिमानामा पर्ने भएकाले वडा नं ७ का प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन