पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ को आयोजना तथा किंग्स इन्टरनेशनल कलेज प्रालि, तिलोत्तमा नगरपालिका वडा नं. २, रुपन्देहीको समन्वयमा सञ्चालित दुई दिने नेतृत्व विकास तालिमको बुधबार समापन गरिएको छ ।
वडा कार्यालयको महिला विकास कार्यक्रम अन्तर्गत मंगलबारदेखि सुरु भएको तालिम वडाका तीन ठाउँमा सञ्चालन भएका थिए । वडा नं. २७ को अर्घौंचोक, तालचोक र रिठ्ठेपानीमा सञ्चालित तालिममा प्रशिक्षकहरू फेवा टेलिभिजनका कार्यक्रम प्रमुख रूद्रबहादुर श्रीस, नेपाल पत्रकार महासंघ, कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मा र रेडियो जननीकी स्टेशन म्यानेजर रत्ना गुरुङले सहजीकरण गरेका थिए ।
तालिमको समापन गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङले वडाका महिलाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्दै वडाध्यक्ष गुरुङले अरुका सामु आफ्ना कुरा राख्न सक्ने गरी महिलाहरू सक्षम बन्नुपर्ने धारणा राखे ।
वडा सदस्य बुद्धिमाया थापामगरले तालिमबाट सिकेका कुरालाई आत्मसात गर्न सके महिलाहरूले पनि नेतृत्व लिएर अघि बढ्न सक्ने बताए । देशको उच्च ओहोदासम्म महिलाहरू पुगेको र नेतृत्व श्रृंखलाको विकासका लागि महिलाहरूले आफ्नो क्षमता विकास गर्नुपर्नेमा वडा सदस्य थापामगरले जोड दिए । त्यस्तै, वडा सदस्य लक्ष्मी विकले महिलाको क्षमता विकास गर्न आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताए । अर्का वडा सदस्य सूर्यबहादुर वाग्लेले वडाले आयोजना गरेको तालिम फगत तालिमका लागि मात्र नभएको भन्दै तालिमलाई उपयोगी र उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिए ।
तालिम सञ्चालनका लागि स्थानीय आमा समूहहरूले समन्वय गरेका थिए भने तालिममा १२० जना महिला प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिमको आवश्यकता र उद्देश्यका बारेमा किंग्स इन्टरनेशनल कलेज प्रालिका प्रबन्ध निर्देशक ठाकुर शर्माले प्रकाश पारेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो