लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

Bhim-Poudel

स्याङ्जा । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थायी घर भएका लोकदोहोरी गायक पौडेलेको आफ्नै घरमा बिहीबार राति करिब ११ः२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न बाँकी छ।

चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका पौडेल पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय छन्।

गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ